नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालय बिच अन्तर्क्रिया

  • बुटवल,२९ बैशाख । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालयका बिच भेटघाट तथा अन्तर्क्रिया सम्पन्न भएको छ । आइतबार तिलोत्तमा स्थित होटल मदानीमा उद्योग मन्त्रालय कोशी प्रदेशका प्रतिनिधिहरूलाई नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रूपन्देहीले स्वागत तथा अन्तर्क्रिया गरेको हो ।

    नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीले उद्योग मन्त्रालय कोशी प्रदेशका प्रतिनिधिहरूलाई बुटवलमा स्वागत गर्दै आइतबार अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही का वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले स्वागत मन्तव्य राख्दै कोशी प्रदेश उद्योग मन्त्रालयको टोली लाई रुपन्देहीमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आजको बसाइले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेशका उद्योगी मन्त्रालय र कोशीका उद्योगी व्यवसायीहरू बिचमा पारस्परिक सम्बन्धको सुरुवात भएको बताए ।

    घरेलु तथा साना उद्योगहरूको विकास र बिस्तारका लागि अध्ययन गर्न आएको प्रतिनिधि टोलीलाई स्वागत गर्दै महासङ्घ रुपन्देहीका अध्यक्ष टङ्कनाथ अधिकारीले यहाँबाट सञ्चालन गरिएका विभिन्न गतिविधि तथा संस्थागत अवस्था बारे जानकारी गराएका थिए ।

    उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका उपसचिव पदम ठकुराठिको नेतृत्वमा ३० सदस्यीय टोली अवलोकन भ्रमणका लागि रुपन्देही आएको हो । कार्यक्रममा भ्रमण टोलीको तर्फबाट उपसचिव पदम ठकुराठिले भ्रमणको उद्देश्य बारे जानकारी गाराउदै न्यानो आतिथ्यताका लागि महासङ्घ परिवारलाई धन्यवाद दिएका थिए । उनले घरेलु तथा साना उद्योगहरूको विकासका लागि संस्थागत अभियानलाई जोड दिए ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका केन्द्री सदस्य कन्हैयालाल कशौधन, घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुवकुमार धिताल, उपाध्यक्ष प्रेमबहादुर खड्का, महिला समिति अध्यक्ष सुलोचना नेपाल, महिला समिति महासचिव सिता भुसाल, महिला समिति कोषाध्य अरूणा राना लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजन पाण्डे, उद्योग मन्त्रालयका शाखा अधिकृत शंकर कार्की, घरेलु तथा साना उद्योग कार्यालय सुनसरी शाखाका अधिकृत चन्द्रबहादुर कार्की, मोरङ शाखा अधिकृत चुडामणी न्यौपाने लगायतले बोल्दै घरेलु तथा साना उद्योगहरूको संस्थागत विकासमा जोड दिएका थिए ।

    कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग महासङ्घ रूपन्देहीका सचिव महादेव प्रसाद अधिकारीले संचालन गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation