सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु

  • बुटवल,२६ वैशाख । तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
    विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।
    लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो
    उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation