
काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी १७ वैशाखमा दिनको १ बजेका लागि बोलाएको हो ।
नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । कांग्रेसका शीर्ष नेताहरूले नै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरिरहेका छन् । पछिल्लो राजनीतिक अवस्था,सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।