
बबुटवल, चैत नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला सम्मेलन मंगलबार बुटवलमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष नेत्र पाठकले अधिवेशनको तयारी पुरा भएको जानकारी दिए । अधिवेशनका लागि बिभिन्न जिल्लाबाट २४३ जना प्रतिनीधि बुटवलमा आइसकेको उनले बताए । अधिवेशनको उद्घाटन प्रदेशका उद्योग, पर्यटन तथा यातातायात मन्त्री प्रचण्डविक्रिम न्यौपानले गर्ने अध्यक्ष पाठकले बताए ।
राज्यबाट उद्योगीले पाउनुपर्ने सेवा सुविधा पाउन नसक्दा यहाँका उद्योगीहरु सधैं समस्यामा पर्ने गरेको उनले बताए । युवाहरु विदेश पलायन हुँदा यहाँका उद्योगहरुमा दक्ष जनशक्ती अभाव भइरहेको उनले बताए । युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न यहाँका लघु घरेलु उद्योग सञ्चालनका लागि तनि तहकै सरकारले सहकार्य गरी काम गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा ३० हजार बढी घरेलु उद्योग दर्ता भएको उनले बताए । यस्तै महिला समिति अध्यक्ष शान्ती शर्माले देशको अर्थतन्त्रमा टेवा पु¥याउन साना तथा घरेलु उद्योगको भूमिका महत्वपूर्ण हुने बताइन् । सरकार उद्योगमैत्री बन्न नसकेको उनले बताइन् ।