
बुटवल, ५ चैत । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्वविु) को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो ।
२ सय ३१ कुल मतदाता रहेको कलेजमा २ सय १६ मत खसेको थियो । नेविसंघले १ सय २९ मत प्राप्त गरेको थियो । नेविसंघका आशिस जयसवालले १ सय १७ मतसहित सभापतिमा निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा विष्णु प्रसाद केवटले १ सय २२ मत प्राप्त गर्दै विजयी भएका छन् भने कोषाध्यक्षमा १ सय २५ मतसहित रिना यादव विजयी भएको निर्वाचन अधिकृत कमला भण्डारीले जानकारी दिइन। त्यसै गरी सदस्यहरुमा रविन्द्र कोहार, सुरज यादव, गीता धोबी, सविता थारु र ओमप्रकाश नाउँ विजयी भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिको उम्मेदवार बनेका जगदीश यादवले ९६, सचिवका उम्मेदवार पुष्पा यादवले ८८ र कोषाध्यक्षका उम्मेदवार सन्तोष कुम्हालले ८५ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् । उनले २ सय १६ मत खसेकोमा २ वटा मत बदर भएको बताइन् । रुपन्देहीमा भएका क्याम्पसहरुमा भएको निर्वाचनमध्ये लिलाधर घिमिरे छपिया जनता कलेजले सबैभन्दा पहिला नतिजा सार्वजनिक गरेको हो ।
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट अखिल समाजवादी गरी ४ वटा संगठन दर्ता भएकोमा नेविसंघ र अनेरास्ववियु मात्रै चुनावमा प्रतिष्पर्धा गरेका थिए ।
रुपन्देहीको सुद्धोधन गाउँपालिका ३ रमुवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
आदेश रानाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको नेविसंघको टिमले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्वविय क्रान्तिकारी र अनेरास्वविय समाजवादीको सम्युक्त टिमलाई पराजित गर्दै नेविसंघको प्यानल नै विजयी भएको हो ।
नेविसंघका आदेश रानाले ३ सय १५ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नेविसंघकै रम्भा थाुरुले ३ सय ९ मत ल्याएर विजयी भईन भने कोषाध्यक्षमा ३ सय २३ मत ल्याएर माधवकुमार कंडेल निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद सापकोटाले जानकारी दिए । सम्युक्त प्यानलकी साझा उम्मेदवार अञ्जिता चौधरीले १ सय ४४ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
५ सय ५० मतदाता रहेको यज्ञोदयमा ४ सय ६७ मत खसेको सोपकोटाले जानकारी दिए ।