
वामि, २४ फागुन। गुल्मीको मुसिकोट नगरपालिकाको
आठौं नगर स्थापना दिवश विविध
कार्यक्रम गरी मनाइएको छ । लुम्बिनी
प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज
भुसालले आठौं नगर स्थापना दिवशको
एक कार्यक्रमका बीच उद्घाटन गरेका
थिए ।
कार्यक्रममका बोल्दै प्रदेश सभा
सदश्य भुसालले स्थानीय सरकार
जनताको असल अभिभाव भएको
बताएका छन । उनले जनताका
ससाना समस्याहरु नजिकबाट हेर्ने
भनेको स्थानीय सरकार भएको हुँदा
स्थानीय सरकार प्रति नागरिकहरुको
अपेक्षा दिनानुदिन बढ्दै गएको बताए
। आठौं नगर सभा अध्यक्ष जिवलाल खरेल (जिवन)ले निर्वाचित भएदेखि अहिलेसम्म नगर पालिकामा सम्पन्न भएका मुख्य उपलब्धिहरुको वारेमा जानकारी दिनुभएको थियोे । मुख्य उपलब्धिहरु अन्तरगत सेवा प्रवाहलाई थप छिटो छरितो र प्रभावकारी बनाउने बताउनु भयो । चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए ।
नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गंगा श्रेष्ठ ,सभा सचिव चेतनाथ गिरीले नगरपालिकाका योजनाका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाइने बताउनु भयो ।