रुपन्देहीको मायादेवीमा गोली प्रहारबाट १ जनाको मृत्यु

  • भैरहवा १७ फागुन । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
    मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।
    ‘घरको बरन्डामा आज बिहान ८ः १५ बजे रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटना बारे थप अनुसन्धान भईरहेको बताए ।
    उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले उनको खोजी भईरहेको छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation