अर्थमन्त्री र मेयर किर्तिपुर अस्पतालमा भर्ना

  • काठमाडौँ ३ फागुन । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्ष्ट ( किर्तिपुर अस्पतालमा) भर्ना गरिएको छ । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
    अस्पतालका निर्देशक डा.किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।
    दुई जनाको उपचारमा प्रा डा विडी झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली सामेल रहेका छन् । त्यस्तै प्रा. डा. शंकर मान राई, डा विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली र डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation