
गुल्मी १ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका आज गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल भने देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएका हुन् ।
जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए । ‘एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ’– उनले भने– ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्, अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बेला आएको छ ।
आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै यी परियोजनाबाट गुल्मी लगायतका जिल्ला लाभान्वित हुन थालेको उनले बताए । आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा सालझण्डी–ढोरपाटन सडकमा पनि राम्रो बजेट छुट्याएको स्मरण गराउँदै उनले सबै गाउँपालिका केन्द्र जोड्ने सडकका लागि पनि आफूले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।
‘प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्छ’
तेस्तै आजै अध्यक्ष प्रचण्डले गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका थिए । सो कार्यक्रममा उनले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिए ।
उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेकोमा आपत्ति जनाए । यो रकम बढाउनुपर्नेमा घटाउनु सरकारको उल्टो बाटो भएको टिप्पणी गर्दै उनले अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ््
सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा जोड दिए । विकास निर्माणका कार्यहरुमा सबै दल एकै ठाउँ बस्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहहरुमा यो काम अझ महत्वपूर्ण रहेको र गुल्मीमा यसको राम्रो अभ्यास देख्दा खुशी लागेको बताए । सो क्रममा अध्यक्ष प्रचण्डले मालिका गाउँपालिकाले निर्माण गरेको हेलिप्याड पनि उद्घाटन गरेका थिए । हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै उनले नेपालकै नमूना हेलिप्याड बनेकोमा खुसी व्यक्त गरे ।