शुद्धोदन गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न 

  • रुपन्देही ,२९ माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अर्थवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, बजेट व्यवस्थापन, र समग्र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले विकास निर्माणलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउदै सम्मानित हुनुभएका कर्मचारीलाई शुभकामना व्यक्त गर्नुभयो।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बजेट व्यवस्थापन र विकास योजनाहरूमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।शुद्धोदन गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष केशव प्रसाद अधिकारीले गाउँपालिकाका विकास योजनाहरू प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
    शुद्धोदन गाउपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तिले कानुन अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। समीक्षा कार्यक्रममा विभिन्न वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
    वडा नम्बर ५ का अध्यक्ष चन्द्रभान चौधरीले अन्य वडाका जनप्रतिनिधिहरूको न्यून उपस्थिति रहेकोमा ध्यानाकर्षण गराउनुभयो।वडा नम्बर ३ का अध्यक्ष हेम खड्काले वडाका र पालिकाका जनप्रतिनिधि र कर्मचारी बिच नङ र मासुको सम्बन्ध रहे मात्र समग्र पालिकाको विकास हुने बताउनुभयो।वडा नम्बर ५ का सदस्य भीम बहादुर छहाडीले गाउँपालिकाको विकास योजनाहरूको समीक्षा गर्नुभयो।सो समिक्षा कार्यक्रममा गाउँपालिकामा उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र र नगदराशि सहित सम्मान गरिएको छ। सम्मानित हुनेमा इन्जिनियर तर्फ लक्ष्मण खत्री, वडा कार्यालय सहायक तर्फ माया थापा, वडा सचिव तर्फ वडा नम्बर २ का हरि प्रसाद पोखरेल,अधिकृत स्तर तर्फ गुन्जेश्वरी प्रसाद चौधरी,स्वास्थ्य शाखा प्रमुख समीर भण्डारी,कृषि तथा प्राविधिक तर्फ रमेश रेग्मी, स्वास्थ्यकर्मी तर्फ नगिना कुमाल, सहायक स्तर तर्फ प्रेम कुँवर,स्वास्थ्य संस्था तर्फ मधु खत्री,नगरप्रहरी तर्फ दाशु प्रसाद चौधरी, कार्यालय सहयोगी तर्फ गंगा बन्जाडे सम्मानित भएका छन्।शुद्धोदन गाउँपालिकाले हरेक वर्ष नियमित रूपमा कर्मचारीहरूको मूल्यांकन गरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ। समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी खर्च व्यवस्थापन, विकास निर्माणको प्राथमिकता, कानुनी प्रक्रियाको पालना, वडास्तरका प्रतिनिधिहरूको सक्रिय सहभागिता लगायत विषयमा छलफल भएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation