
बुटवल, २६ माघ । साईन रेसुङा डेभलोपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो ।
बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि बैकका सिईयो प्रकाश पौडेलले आम नागरिकलाई स्वस्थ्य सचेतना जगाउने गरि पहिलोपटक ठूलो राशीको दौड प्रतियोगिता गर्न लागेको जानकारी दिए । स्थानिय पालिकाहरुको समेत समन्वय र सहकार्य हुने प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रुपैया, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैया प्राप्त गर्ने उनले पौडेलले जाकारी दिए । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको समेत बताए । काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक भएको उनले बताए ।
प्रतियोगिता संयोजक गर्ने गरि खेलपाटीका सिईयो हिम बिक्रम केसी र बैकका सिईयो प्रकाश पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
खेलपाटीका सिईयो हिम बिक्रम केसीले कालिकानगर बैक परिसरबाट शुरु भएर मणिग्राम चोकबाट पुनः बैक परिसरमा समापन हुने उनले बताए ।
करीब २ हजार जना सहभागी हुने अनुमान रहेको कार्यक्रम आयोजनामा २० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।