
देवदह, माघ । रुपन्देही जिल्लाको देवदह नगरपालिका १ विर्ता,रुपन्देहीमा रहेको खड्ग माध्यमिक विद्द्यालयमा आज एक कार्यक्रमका विच सरस्वती पुजन,अक्षराम्भ तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा बिद्द्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास अग्रहरीको अध्यक्षता, विद्द्यालय व्यवस्थापन समिति सल्लाहकार संयोजक छबिलाल अग्रहरीको प्रमुख आतिथ्यता,अग्रहरी समाजको कोषाध्यक्ष चित्रमान अग्रहरी, प्र अ,बाबुबारम बस्नेत विशेष आतिथ्यता ,बिद्यालय व्यवस्थापन समिति सदस्य चुङ्ग प्रसाद केवट,शोभा क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । अक्षाराम्भ कार्यक्रममा विद्द्यालय १५ जना विद्यार्थीहरुले अक्षराम्भ गरेका थिए । सोही शिलशिलामा विधार्थीहरुलाइ शैक्षिक सामग्री प्रदान गरिएको थियो।