रियलमीको स्कुटर जगदम्बा मोवाईलका गुप्तालाई

  • बुटवल, १५ माघ । विश्व प्रसीद्ध मोवाईल ब्रान्ड रियल मि को दशैं तिहारको अवसरमा आयोजना गरिएको योजना बाट रुपन्देहीको सुर्यपुरामा रहेका जगदम्बा मोबाईलका सञ्चालक उमेश गुप्ताले स्कुटर जितेका छन् ।
    मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालमा रियल मी मोबाईलको आधिकारिक विक्रेता जगदम्बा मोवाईल प्रालि  र लुम्बिनी अञ्चलका आधिकारिक विक्रेता न्यु बाबाभैरव ईन्टरप्राईजले गुप्तालाई टिभि एस कम्पनीको १२५ सीसीको एनटोक  स्कुटर प्रदान गरेका हुन । कार्यक्रममा जगदम्बा मोवाईल प्रालि एरिया सेल्स म्यानेजर  दान बहादुर थापा, न्यु बाबाभैरव ईन्टरप्राईजेजका  सञ्चालक तथा नेपाल मोवाईल वितरक संघ लुम्बिनीका अध्यक्ष  हरी पोखरेल केसी र  बुटवल मोबाईल संघका अध्यक्ष शिवदेव अर्यालले उक्त पुरस्कार प्रदान गरेका हुन ।
    कार्यक्रममा बोल्दै जगदम्बा मोवाईल प्रालि एरिया सेल्स म्यानेजर  दान बहादुर थापा ले रियल मि मोवाईल पछिल्लो समयमा विश्वव्यापीरुपमा आफ्नो व्यापार विस्तार संगै ग्राहककोम न जित्दै गएको बताएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation