
बुटवल, माघ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) नेपालको तेस्रो डिष्ट्रिक क्याबिनेट मिटिङ यही माघ १७ गते बिहिबार तानसेन नगरपलिका
दमकडा माध्यमिक विद्यालयमा हुने भएको छ । एरिया–२ को आयोजनामा भएको हुने बैठकमा डिष्ट्रिकका पदाधीकारीहरु विभिन्न क्लबहरुका क्लबका अध्यक्ष,क्लबहरुका सदस्य ,लियोका प्रतिनिधिहरु सहभागी हुने छन ।
क्याबिनेट मिटिङमा लायन्स इन्टरनेशनल ३२५ पि नेपाल डिष्ट्रिक गर्भनर पुरुसोत्तमभक्त प्रधानाङ्ग को अध्यक्षतामा तथा लायन्स इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटी प्रमुख अथिति रहने छन ।
प्रमुख बक्ताको रुपमा रहने पत्रकार रुपेस श्रेष्ठले समाजमा कसरी सामाजिक उद्धमशिलता मार्फत समावेशिता गर्ने सकिन्छ तथा नेपाली लायन्स मार्फत आअन्तरिक र बाह्य पर्यटन मा पारेको र पार्न सक्ने प्रभाव भन्ने बारेमा बिशेष प्रस्तुति दिने छन ।
गर्भनर प्रधानाङ्गले यो बर्ष लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी मार्फत सामाजिक उद्धमशिलता , केहि अन्तरक्रिया र तालिम, केहि सहयोग का काम लियर विभिन्न दृस्टीकोण साहित संगठनात्मक रूपान्तरण गर्न, कार्यस्थल वातावरण सिर्जना गर्र्नेमा जोड दिएको जानकारी दिए ।
त्यतै क्याबिनेट जिएटि एरिया लिडर खगेन्द्र सिटौला, एलसिआएफ एरिया लिडर राजन लम्साल ,मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामा, मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा, डिष्ट्रिकका निर्वातमान गर्भन अर्जुनमान शैजु, फष्ट भिडिजी बालाराम भट्राई, सेकेन्ड भिडीजी सन्दीप कसौधन,पूर्व गर्भनरहरु नवराज न्यौपाने,सुनिल वझा,अनुप कुमार पहारी , महेन्द्र नारायण श्रेस्ठ सहित पुर्ब गभर्नर ज्युहरुको उल्लेख्य सहभागीता रहने डिष्ट्रिक सचिव माधव खनालले बताए ।
डिष्ट्रिक ३२५ पि का सातसय बढि लायन्स कर्मीहरुको सहभागिता रहेको एरिया चिफ २ एव कार्यक्रम संयोजक शसी श्रेष्ठले जानकारी दिईन । साथै अघिल्लो दिन प्री( क्याबिनेट मिटिङ तानसेन स्थित श्रीनगर होटेलमा हुने समेत बताए ।