देवदह क्षेत्रमा बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरुलाई जोड्न छलफल

  • खैरनी, १२ माघ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितिमा कोषको देवदह कार्यालयको आयोजनामा देवदह क्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागीता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।
    छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल बुद्धसँग सम्बन्धित संघ–संस्थाहरुसँग समन्वय गरी बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सुर्य प्रसाद पाठक र टेक बहादुर राना सदस्य रहेको तीन सदस्यीय तदर्थ कमिटी बनाइएको छ ।
    छलफललाई सम्बोधन गर्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालिन क्षेत्रहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागीता र बौद्धमय गतिविधिका लागि स्थानीयहरुसँग सहकार्य गर्न लागिएको बताए ।
    उक्त कार्यक्रमा भवानीपुर र कन्यामाईमा विशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई बिशेष अवसरको रुपमा मनाउनको लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ ।

    त्यसै गरी देवदह र रामग्रामबाट सञ्चालित विद्युतीय बसको सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानीय टोल विकास संस्थासम्म सूचना पु¥याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए । छलफलमा देवदहमा क्रियाशील बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation