बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न निर्देशन

  • भारत ,२९ असोज । बलिउड अभिनेता इमरान खानलाई भारतको मुम्बईस्थित विदेशी नागरिक दर्ता कार्यालय (एफआरआरओ) ले अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिएको छ।
    मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै मुम्बईमा भएको प्रदर्शनमा सहभागी भएको विषयमा भारतीय जनता पार्टी ९भाजपा० नेता किरीट सोमैयाले उजुरी दिएपछि अधिकारीहरूले इमरानलाई यस्तो निर्देशन दिएका हुन्।
    भारतीय समाचार संस्था पिटिआईका अनुसार इमरान अमेरिकी नागरिक हुन् र उनीसँग अमेरिकी पासपोर्ट तथा भारतको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड छ।
    ओसीआई कार्डका आधारमा भारतमा बस्दै आएका उनलाई मुम्बई प्रहरीले सूचना दिएको एक अधिकारीले बताएका छन्।
    एफआरआरओले कारबाही अघि बढाएको छ र ओसीआई कार्डमा भारतमा बस्दै आएका अभिनेता इमरान खानलाई सूचना दिइएको छ, मुम्बई प्रहरीका एक अधिकारीले भने। इमरान मुम्बईको खार क्षेत्रमा बस्दै आएका छन्।
    भाजपा नेता सोमैयाले इमरानको नागरिकता र भारतमा बस्ने हैसियतबारे छानबिन गर्न प्रहरीसँग माग गरेका थिए।अमेरिकी नागरिक भएर पनि भारत सरकारको विरोधमा राजनीतिक तथा कूटनीतिक गतिविधिमा सहभागी भएको उनको आरोप थियो। सोमैयाले इमरान अमेरिकी नागरिक बनेको कति समय भयो भन्नेबारे आफूले प्रतिवेदन मागेको बताएका छन्।
    अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा कक्रोच जनता पार्टी ९सीजेपी० ले आयोजना गरेको प्रदर्शनमा इमरान सहभागी भएका थिए। उनी अभिनेता आमिर खानका भतिजा पर्छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation