
बुटवल, १० माघ । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको मंगलबार २५ औं चाटर नाइट सम्पन्न भएको छ । सो अवसरमा बोल्दै लायन्स क्लब ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले मानवीय सेवाका लागि सञ्चार गरिने सबै क्रियाकलापलाई आत्मैदेखि खुसी भएर गर्न सदस्यहरुलाई आग्रह गरे
सामाजिक कार्य अन्तर्गत लायन्स क्लबले नेपालमा विभिन्न अभियान सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा लगानी र सामाजिक अभियानलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । विगतमा सर्भिकल क्यान्सरविरुद्ध सञ्चालन गरिएको अभियानबारे चर्चा गर्दै उनले अब स्तन क्यान्सरवरुद्ध गाउँगाउँमा अभियान लैजाने गरी कार्ययोजना तयार गर्न आग्रह गरे
क्लबका संस्थापक अध्यक्ष तथा नेपाल परिवार नियोजन संघका निवर्तमान केन्द्रीय अध्यक्ष हिमाल कसजुले विगतमा सामाजिक अभियानमा जोडिने शैली र हालको अवस्था परिवर्तन भएको बताउँदै स्वरुप परिवर्तन गरेर अघि बढ्न आग्रह गरे ।
फेरीको जीवनशैलीसँगै प्रविधिको क्षेत्रबाट, भौतिक उपस्थितिबाट, आर्थिक उपस्थितिबाट वा फरक–फरक ढँगले कुनै न कुनै रुपमा मानवीय सेवा र सामाजिक अभियानमा जोडिन सदस्यहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ पी का प्रथम उपाध्यक्ष बालाराम भट्टराईले लायन्स क्लबमा सदस्यहरुको आवद्धतालाई वृद्धि गर्दै लैजाने अभियानमा जोडिन आह्वान गरे ।
क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलको अनाथ थाश्रम तथा रुपन्देही सैनामैनास्थित बोलबम धामका लागि न्यानो कपडा वितरण गरिएको थियो । त्यसै गरी संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्नुका साथै क्लबका विगत १० वर्ष, १० वर्ष तथा २० वर्षदेखि आबद्धता रहेकाहरुलाई पीन वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै क्लबका प्रथम उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठले सबैलाई सामाजिक अभियान र मानवीय सेवामा जोडिन आह्वान गरे । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी अध्यक्ष तारा श्रेष्ठले शुभकामना व्यक्त गरिन् । क्लबका सचिव काशीराज ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता उपेन्द्रमान श्रेष्ठले गरेका थिए