बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशन–२०८३ का लागि प्रदीप शाक्यले सदस्य (खुल्ला) पदमा उम्मेदवारी दिएका छन्। नरिश्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट शाक्यले उम्मेदवारी दिएका हुन्।
‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने मूल नारासहित अघि बढेको समूहले ‘निर्णय प्रक्रियामा सामूहिकता, कार्यान्वयनमा दृढता’ भन्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शाक्यले बुटवल क्षेत्रको उद्योग तथा व्यापारको विकास, व्यवसायीका हकहितको संरक्षण र संघलाई थप प्रभावकारी बनाउन आफ्नो भूमिका रहने अपेक्षा गरेका छन्। उनको उम्मेदवारीले उद्योगी तथा व्यवसायीबीच सहकार्य र समन्वयलाई थप बलियो बनाउने विश्वास लिइएको छ।
शाक्यले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन सम्पूर्ण मतदातासँग अनुरोध गरेका छन्। उनी बुटवलस्थित आर्यन ब्याग हाउससँग आबद्ध छन्।











