बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ का लागि सदस्य (वाणिज्य) पदमा उमेश अमात्यले उम्मेदवारी दिएका छन्।
नरिश्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट उम्मेदवार बनेका अमात्यले उद्योग तथा व्यापार क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण र संघलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेका हुन्।
‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै निर्णय प्रक्रियामा सामूहिकता र कार्यान्वयनमा दृढतालाई प्राथमिकता दिइएको छ।
अमात्यले आफ्नो उम्मेदवारीलाई सफल बनाउन सम्पूर्ण मतदातालाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गरेका छन्।
बुटवलस्थित अमात्य ट्रेड सेन्टर तथा जय श्रीराम खाद्य स्टोर्ससँग आबद्ध अमात्यले व्यवसायीहरूको विश्वास र समर्थनका आधारमा संघमा रहेर व्यवसायमैत्री वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।












