पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घाेषणा

  • बुटवल,२१ असोज । बुटवल उद्योग वाणिज्य संघ, बुटवलको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।
    प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
    पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन्।
    त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु) उम्मेदवार छन्। उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी दिएका छन्।
    वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी उम्मेदवार छन्। महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation