स्याङ्जा,११ असोज । कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।












