
बुटवल ८ माघ । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको समन्वय तथा जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा मंगलबार बुटवलमा उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण गरिएको हो । यसमा आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जि.आई.जेड.ले गर्दै आएको छ ।कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा उर्जा दक्षता मापनले त्यसको सुधारमा सघाउ पु¥याउने बताए । उनले उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले उर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।त्यस अवसरमा जि।आई।जेड। उर्जा दक्षता कार्यक्रमका कम्पोनेन्ट म्यानेजर डा। सञ्जयप्रसाद गोरखालीले यो कार्यक्रमको बारेमा जानकारी गराउँदै उर्जा दक्षता कार्यक्रम मानव शरीरमा जस्तै उद्योगको होलवडी चेकपअ भएको बताए । उनले उद्योग प्रतिष्ठानमा गरिने उर्जा खपतको मापनले एउटा उर्जा खपतमा सहयोग गर्ने छ भने अर्कोतर्फ उत्पादन लागत घटाउन पनि सहयोग गर्ने भनाई राखे । जि.आई.जेड.का इनर्जी एड्भाईजर सुदन कायस्थले उद्योगमा उर्जा दक्षता सम्बन्धिमा प्रकाश पारेका थिए भने राजिव मंगल जोशीले अनुदान कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए ।