काठमाडौं,१९ भदौ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली युवा उद्यमी मञ्च परिवारले ५० लाख रुपैयाँ सहयोग गरेको छ। एनवाईईएफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ अर्थमन्त्री डा स्वर्णिम वाग्ले लाई एनवाईईएफका अध्यक्ष आभूषण ज्योति कंसाकारले चेक हस्तान्तरण गरेको हो। रसुवामा बाढीका कारण परिवार, घर तथा जनजीवनमा ठूलो क्षति पुगेको अवस्थामा पीडितको सहयोगका लागि उक्त रकम प्रदान गरिएको एनवाईईएफले जनाएको छ।
एनवाईईएफले विपद्को यस कठिन घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुनर्निर्माणका लागि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ। संस्थाले “One NYEF. One Purpose. One Impact.” ” भन्ने भावनासहित मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।












