हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाद्धारा न्यानो कपडा वितरण

  • बर्दघाट,३ माघ । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ ,चिसापानीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
    बर्दघाट–५,बण्डाखोलामा रहेको जीतपुर प्राथामिक विधालयका बिघार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा वितरण गरीएको थियो । ४५ जना बालबालिकाहरुलाई १७ हजार रुपैया बराबरको सुईटर वितरण गरीएको संस्थाका ब्यवस्थापक बिष्णु बहादुर वस्नेतले जानकारी दिए ।
    सहकारी संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र बर्दघाट–५ की वडाध्यक्ष बिमला गुरुङको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्याक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले गरीब तथा विपन्न समुदायका बालबालिकाहरुले अध्ययन गर्ने जीतपुर प्राथामिक विधालयका बिघार्थीहरुलाई न्यानो कपडा वितरण गरेर संस्थाले निक्कै राम्रो काम गरेको प्रशंमसा ब्यक्त गरिन ।
    कार्यक्रमा संस्थाकी उपाध्यक्ष सावित्रा दुवाडी, सचिव बिष्णु वराल, बर्दघाट नगरकार्यपालिका सदस्य सुमित्रा ढकाल,विद्यालयका प्र.अ. दिर्घ घिमिरे,समाज सेवी गोबिन्द चौधरी,संस्थाकी निर्वतमान अध्यक्ष माया पौडेल,सदस्य मनोहर रायमाझी, ब्यवस्थापक बिष्णु बहादुर वस्नेत लगाएत बोलेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation