सियारी, १० साउन | रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी “१ लाख बिरुवा रोपण अभियान” लाई सफल बनाउन रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को पावन अवसरमा श्री जनता आधारभूत विद्यालय, सियारी गाउँपालिका–१ को परिसरमा १०० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा १५ जना रोटेरियन, १० जना रोटर्याक्टर, ५ जना इन्टर्याक्ट क्लबका सदस्य तथा १५ जना विद्यालयका शिक्षक र अभिभावक गरी ४५ भन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। सामूहिक श्रमदानमार्फत विद्यालय परिसरलाई हरियाली बनाउने उद्देश्यले विभिन्न जातका बिरुवाहरू रोपिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटे. गंगाधर भण्डारी ले “वृक्षारोपण भावी पुस्ताका लागि गरिएको अमूल्य लगानी हो। विद्यालय वातावरण संरक्षणको चेतना फैलाउने सबैभन्दा उपयुक्त स्थान भएकाले यहाँबाट बालबालिकामा प्रकृतिप्रतिको जिम्मेवारी विकास हुन्छ,” भन्ने धारणा व्यक्त गर्नुभयो।
विद्यालयकी प्रधानाध्यापक श्रीमती लता गौतम ले विद्यालयलाई वृक्षारोपण कार्यक्रमको स्थलका रूपमा छनोट गरी वातावरण संरक्षणमा योगदान पुर्याएकोमा रोटरी क्लबप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको हितमा थप शैक्षिक तथा सामाजिक सेवा परियोजनाहरू सञ्चालन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा चार्टर अध्यक्ष रोटे. बिमल सेन्चुरी, DRCC रोटे. कृष्ण पाण्डेय, इ. जीवन अर्याल, वरिष्ठ अधिवक्ता शिव गौडेल, वडा सदस्य प्रकाश थापा, क्लब कोषाध्यक्ष रोटे. टेकराज पाण्डेय, सचिव रोटे. उपेन्द्र यादव तथा पूर्व अध्यक्ष रोटे. हीरा शाह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीकी प्रथम महिला सुनीता भण्डारी तथा इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष आर्यन भण्डारी ले स्वयंसेवकका रूपमा सक्रिय सहभागिता जनाउँदै युवा पुस्तालाई वातावरण संरक्षणमा अग्रसर हुन प्रेरित गर्नुभयो।
हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस जस्तो धार्मिक एवं सांस्कृतिक महत्व बोकेको दिनमा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र भावी पुस्ताप्रतिको दायित्वलाई व्यवहारमा उतार्दै रोटरीको यस वर्षको अन्तर्राष्ट्रिय नारा “Create Lasting Impact” लाई सार्थक रूपमा आत्मसात् गरेको आयोजकले जनाएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ‘बाल तथा मातृत्व महिना’ विशेष कार्यक्रम अन्तर्गत नवजात शिशु र आमाहरूलाई न्यानो माया
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन










