भैरहवा ,२२असार । मुक्तिनाथ विकाश वैंकद्धारा ओमसतिया गाउँपालिका वडा नं.२, ठुटीपिपलमा ३ थान ह्वीलचेयर प्रदान गरेको छ । मुक्तिनाथ विकाश वैंकका मोनिटरिङ्ग अधिकृत गेहेन्द्र भट्टराईले ओमसतिया गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष बेल बहादुर बराललाई हस्तान्तरण गर्नुभएको थियो ।
मुक्तिनाथ विकाश वैंक, कोटिहवा शाखाका शाखा प्रबन्धक शोभा गुरुङ्गले बैंकले नियमित रुपमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य इत्यादि क्षेत्रमा सहयोग गर्दै आएको र यसै क्रममा यस वडाका ३ जना शारीरिकरुपमा अशक्त, विरामीहरुलाई केही रुपमा भए पनि सहयोग पुगोस् भन्ने उद्धेश्य रहेको बताउनुभयो । कार्यक्रममा मुक्तिनाथ विकाश वैंक, कोटिहवा शाखाका सुनिल श्रेष्ठ, राज कुमार ज्ञवाली, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।












