काठमाडौं ,८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई सोमबार दिउँसो सुर्खेतबाट नियन्त्रणमा लिएको हो ।
पौडेललाई पक्राउ गर्नुअघि विभागले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो । उनको घरबाट केही महत्त्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको विभाग स्रोतले जनाएको छ ।पौडेलको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न विभागले प्रहरीलाई पक्राउका लागि पत्र पठाएको थियो । सोही अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।












