युवा उद्यमी मञ्च रुपन्देहीमा अनिश कसौधन

  • बुटवल, ३१ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटरको दसौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा अनिश कसौधन चयन भएका छन् । बुुटवलको ह्याट प्यालेसमा भएको साधारणसभा तथा अधिवेशनबाटअनिश कसौधनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका हुन् । जसको प्रथम उपाध्यक्षमा सुमन बस्याल, द्वितीय उपाध्यक्षमा प्रतिक कसजु, सदस्यहरुमा सुमित वझा, सुमित श्रेष्ठ,बिराट जोशी, मन्जिल विश्वकर्मा ,मनदिप अमात्य,अमन श्रेष्ठ, राहुल कसौधन,अनुभव मान सैजु र मनिस श्रेष्ठनिर्वाचित भएका छन् ।

    कार्यक्रममा अध्यक्ष अनिश कसौधनले वर्षभरीको कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामी दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । कसौधनले युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससँग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको उनले बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको उनले बताए । कार्यक्रममा बुटवल उप महानगरपालीकाका नगरप्रमुख खेलराज पाण्डेयले नवनिर्वाचित युवा उद्यमी मंच रुपन्देहीका कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालमा रोजगार तथा लगानीको अवसर लागि महत्वपूर्ण थलो बनाउन युवा उद्यमीहरुको ठूलो योगदान रहने बताए ।युवाले देश बदल्ने सक्ने भएकाले राम्रा र उद्यमशीलताको कामलाई सधै प्राथमिकतामा राखे र काम गर्न आग्रह गरे । उनले युवा विना कुनै पनि विकासको कल्पना गर्न नसकिने भन्दै युवाहरु देशको मेरुदण्ड भएको बताए ।
    बुटवल उपमहानगरपालीकाका नगर उपप्रमुख सावित्रादेवि अर्यालले युवाहरुमा आत्मविश्वाससँगै अवसर दिने रुपमा नगरपालीकाले गर्दे आयको र युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गर्ने गरेको उनले बताइन । कार्यक्रमा निवर्तमान अध्यक्ष आदर्श श्रेष्ठले आफनो कार्यकालमा विभिन्न सहयोग गर्र्ने सदस्य तथा संघ संस्थालाईहरूलाई मायाको सम्मान र चिनो प्रदान गरेका थिए ।
    तेस्तै कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य हरी अर्याल,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य , नेपाली युवा उद्यमी मंचका केन्द्रीय प्रथम उपाध्यक्ष साहारा जोशी, युवा उद्यमी मंच रुपन्देहीका पूर्व अध्यक्षहरु आनन्द वझा, पूर्वअध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य, अखिलेश कसौधन, निरज लाकौल,सन्देश श्रेष्ठ,रिसव वझा तथा साधारण सदस्यलगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रम प्रथम उपाध्यक्ष सुमन बस्यालले सञ्चालन गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation