बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने

  • बुटवल, २८ पुस। हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ। मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु०) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जाकारी दिए।
    सिद्धेश्वर मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए। थारु, मगर, नेवार, भजनकृतन जस्ता विविधता दिने गरि कार्यक्रम गरिने अध्यक्ष भण्डारी बताए । यसैगरि राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने उनले बताए। यसैगरि स्थानिय लोक दोहोरी साझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए। माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको ब्यवस्था, सेल्फी जोनको समेत ब्यवस्था गरेको प्रचारप्रसार संयोजक अर्जुन थापाले जाकारी दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation