बुटवल,१२जेठ । नेपाल मोबाइल बितरक संघ लुम्बिनी को ९औ वार्षिक साधारण सभामा साधारण सभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । समिति अध्यक्ष राजेन्द्र पाण्डेको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमा नेपाल मोवाइल वितरक सघंका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरि बहादुर पोखेल के शि पोखरेलले मोबाइल तथा डिजिटल प्रविधिको विस्तारसँगै व्यवसायिक क्षेत्रमा देखिएको सम्भावनाको चर्चा गर्दै मोबाइल व्यवसायलाई संयम, पारदर्शिता र सेवा केन्द्रित व्यापारका रूपमा अगाडि बढाउन आग्रह गरे। समितीका अध्यक्ष राजेन्द्र पाण्डले आगामी कार्यदिशा प्रस्तुत गरे। उनले संघलाई संस्थागत रूपमा सुदृढ बनाउँदै व्यवसायीहरूका हकहितको सुनिश्चितताका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए। उनले सबैको सहयोगप्रति आभार व्यक्त गर्दै निकट भविष्यमा तालिम, प्रविधिमैत्री व्यापार अभ्यास र नीति संवादमा प्राथमिकता दिने जानकारी गराए । सघलाईअझ प्रभावकारी, व्यवस्थित र उपलब्धिमूलक बनाउन आफ्ना अमूल्य सुझाव, सल्लाह तथा मार्गदर्शन प्रदान गर्ने समेत आग्रह गरे । तेस्तै कार्यक्रमादिपेन्द्र पान्डेय , हरि बहादुर पान्डेय,संस्थापक अध्यक्ष रिन्कु लिगल, पुर्ब अध्यक्ष धर्मेन्द्र गुप्ता को आथित्यतमा सम्पन्न भएको थियो । कार्यक्रम सन्चालक सुरेन्द्र भारीले गरेका थिए ।












