बुटवल,२७ असोज । लायन्स क्लब्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत लायन्स क्लब अफ बुटवल डाइनामिक लेडिजको आयोजनामा शिशु ज्ञान कुञ्ज मन्टेस्वरी बिधालयमा आँखा जाँच शिविर सम्पन्न भएको छ।
विश्व दृष्टि दिवसको सन्दर्भमा आयोजित उक्त शिविरमा विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गर्ने तथा दृष्टिसम्बन्धी समस्याको पहिचान गर्ने उद्देश्य राखिएको थियो। शिविरमार्फत विद्यार्थीहरूमा आँखाको नियमित जाँचको महत्त्वबारे सचेतना अभिवृद्धि गर्ने र समयमै उपचारका लागि प्रेरित गर्ने प्रयास गरिएको थियो।
लायन्स क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै लायन्स क्लबले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा स्वास्थ्य सेवामूलक कार्यक्रमलाई निरन्तरता लायन्स डाइनामिक लेडिज का पुर्ब अध्यक्ष तथा सिनियर डिस्टिक एडभाजर रिता शर्मा जानकारी दिनुभयो। श्रीकृष्ण नेत्रालयकाे प्राविधिक सहयोगमा सम्पन्न भयको थियो ।
कार्यक्रममा प्रमुख अथिति लायन्स इन्टरनेशनल डिस्टि्क ३२५ पि का गभर्नर सन्दीप कसोधनले लायन्स अन्तर्राष्ट्रिय को योजना अनुरुप साप्ताहिक रुपमा यो गरियको र दिवस अबसरमा विश्वभर दृष्टिसम्बन्धी समस्या र अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले मनाइने विश्व दृष्टि दिवसले सबैका लागि आँखाको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दृष्टिसम्बन्धी समस्या भएका व्यक्तिहरूको नियमित आँखा परीक्षणमा ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि शिशु ज्ञान कुञ्ज मन्टेसरी स्कुलका अध्यक्ष चन्दा रावल,लायन्स क्लब अफ बुटवल डाइनेमिक लेडिजका अध्यक्ष रुपा बेलबासे, मन्टेसरी संयोजक तुलसी थापा लगाएतको उपस्थिति रहेको थियो । शिबिर बाट २ सय पाँच जना ले सेवा लियका थिए ।











