बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनमा उद्योग सदस्य पदका उम्मेदवार प्रविन्द्र गोविन्द श्रेष्ठ

  • बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ मा उद्योग सदस्य पदका उम्मेदवार प्रविन्द्र गोविन्द श्रेष्ठले उम्मेद्बारी दिएका छ्न । उद्योगी तथा व्यवसायीको हकहित संरक्षण, निजी क्षेत्रको विकास र उद्योगमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छन्।
    माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडका सञ्चालकसमेत रहेका श्रेष्ठले उद्योगी–व्यवसायीका साझा समस्या समाधान, उद्योग प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा नीतिनिर्माणमा निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्वका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    श्रेष्ठले उद्योग तथा व्यवसायको दिगो विकासका लागि जिम्मेवार भूमिका निर्वाह गर्दै उद्योगी–व्यवसायीको आवाजलाई सशक्त बनाउने बताएका छन्। उनले संघका सम्पूर्ण सदस्यसँग अमूल्य मत, विश्वास र साथको अपेक्षा गर्दै आफूलाई विजयी गराउन आग्रह गरेका छन्।
    “तपाईंको अमूल्य मत–मेरो जिम्मेवारी, तपाईंको विश्वास–मेरो प्रतिबद्धता” भन्ने सन्देशसहित श्रेष्ठले उद्योगको हित, व्यवसायको समृद्धि र निजी क्षेत्रको सशक्त आवाजका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation