मणिग्राम, २४ आश्विन । राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीकोक्षमता अभिवृद्धि, व्यावसायिक तयारी तथा सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्देश्यलेविभिन्न ३ वटा बेग्लाबेग्लै कार्यक्रम सम्पन्न भएका छन् ।क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगारसमितिको आयोजनामा बी.एड. तहका विद्यार्थीलाई लक्षित गरी शिक्षक सेवा आयोगकोतयारी सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थी परामर्श तथारोजगार समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिकविकास डिभिजन कार्यालय, सिद्धार्थनगरका एकाइ प्रमुख हरि बिष्टले विद्यार्थीहरूलाई प्रशिक्षणदिनुभएको थियो ।कार्यक्रममा बोल्दै क्याम्पस प्रमुखताराप्रसाद पराजुलील शैक्षिक ज्ञानसँगै विद्यार्थीमा प्रतिस्पर्धात्मक परीक्षाको तयारी रव्यावसायिक जीवनका लागि समेत सक्षम बनाउने क्याम्पसको प्रयास रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्तपाण्डे, शिक्षा तथा मानविकी संकायका प्रमुख लक्ष्मण खरेल तथा प्राध्यापकहरू नारायणप्रसादभुसाल, मधुसुदन खनाल, जीवनकुमार पौडेल, कविता पन्थी, वेदप्रसाद न्यौपाने कुलबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, क्याम्पसले स्नातकतहको चौथो वर्ष उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्नेकार्यक्रमसमेत सम्पन्न गरेको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख पराजुलीले स्नातक तह उत्तीर्णविद्यार्थीहरूलाई समेत अध्यापन गराउन क्याम्पस तयार रहेको बताउनुभयो । उहाँलेविद्यार्थीको आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्तपाण्डे, व्यवस्थापन संकायका प्रमुख राजेन्द्र थापामगर तथा प्राध्यापकहरू कृष्णकुमार रेग्मी,मधुसुदन खनाल लगायतले मन्तव्य व्यक्त गर्दै स्नातक तह उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथाउज्ज्वल भविष्यको शुभकामना दिनुभएको थियो ।
यसैबीच, क्याम्पसद्वारा आयोजितभिडियो सामग्री निर्माण प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदानगरिएको छ । एक कार्यक्रमका बीच प्रतियोगितामा सहभागी भई उत्कृष्ट भिडियो सामग्रीनिर्माण गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।
विद्यार्थीको शैक्षिक क्षमता, व्यावसायिकदक्षता र सिर्जनात्मक प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यी कार्यक्रमलेविद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा थप प्रेरणा प्रदान गर्ने अपेक्षागरिएको छ ।
सामग्री निर्माणकर्ता पहिलो हुने सुजन सुवेदीलाई पाँचहजार रूपियाँ तथा दोस्रो हुने नवीन गौतम र सुमित अग्रहरीको संयुक्तसामग्रीलाई तीनहजार रूपियाँ राशीसहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी, तेस्रो हुनेसमीर सुवेदी, सुजाता पन्थी र आराधना भण्डारीलाई जनही दुईहजार रूपियाँ राशीसहितपुरस्कृत गरिएको थियो ।












