लायन्स स्टार्सको आयोजना पिस पोष्टर प्रतियोगीता

  • बुटवल, २३ असोज । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा पिस पोष्टर प्रतियोगीता गरेको छ । बुटवलको कान्ति माविमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालीका क्षेत्र भित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरु कान्ती माध्यमिक विद्मालय, लक्ष्मी माध्यमिक विद्मालय, उजिर सिंह माध्यमिक विद्मालय, जनता माध्यमिक विद्मालय,सिद्धेश्वरी माध्यमिक विद्मालय , नविन औधोगिक कदरबहादुर रिता माध्यमिक विद्मालय,प्रगति माध्यमिक विद्मालय विद्यालय , बुटवल माध्यमिक विधालय, र कालीका मानवज्ञान माध्यमिक विधालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।
    प्रतियोगीताबाट कालिका मानवज्ञान माध्यमिक विधालयका समित रायमाझि प्रथम, कान्ती माध्यमिकविधालयका प्रयास सुनार द्धितिय, नविन औधोगिक कदरबहादुर रिता माध्यमिक विद्मालय तृतिय भएका छन् । प्रतियोगीतामा प्रथम, द्धितिय तृतिय हुनेलाई नगद क्रमस ५०००, ४००० र ३००० सहित प्रमाणपत्र र मायाको चिनो समेत प्रदानगरिएको क्लवका अध्यक्ष डियस भटट्राईले जानकारी दिए । अध्यक्ष भटट्राईका अनुसार कार्यक्रममा ९ जना सामुदायिक विद्यालयका विद्यार्थी सहभागीता रहेका थिए । प्रत्यक्षरुपमा दिएको टाक्स अनुसार लायन्स ईन्टरनेशनको थिम मानवतामा सद्भाव शान्तिको थिमा चित्रकला प्रस्तुत गरेका थिए । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गर्भनर सन्दिप कसौधन, डिष्ट्रिक पिस पोष्टर संयोजक सिता भटट्राई सहितका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगीतामा आर्टिस मना गोल्डीले निर्णयकको भूमिका निर्वाह गरको थिए । कार्यक्रममा बोल्दै गर्भनर कसौधनले बुटवलमा आयोजना गरिएको कार्यक्रमले विश्वव्यापीरुपमा समेत सन्देश प्रवाह गरेको बताए । उनले चित्रकलाले विश्व शान्तीको सन्देश समेत प्रवाह गरेको बताए । कार्यक्रममा डिष्ट्रिक सचिव आशिषकृष्ण श्रेष्ठ, कान्ती माध्यमिक विधालयका प्रअ गोविन्द ज्ञवाली, एरिया ३ चिफ बैकुन्ठ श्रेष्ठ, लायन्स स्टार्सका पूर्व अध्यक्ष तथा सर्जन एट आम्र्स रिन्कु लिगल, जोन चेयपर्सन अरुण ज्ञवाली लायन्स क्लब अफ बुटव साउथका अध्यक्ष एप्पल भण्डारी लगाएता सहभागीता रहेको थियो । क्लवका सचिव ई छविन्द्र भट्राईले कार्यक्रम संचालन गरेक थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation