लक्ष्मी माध्यमिक विद्यालयमा लायन्सद्धारा स्टेसनरी सामग्री हस्तान्तरण

  • बुटवल,१७ असोज । लक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीनगर, बुटवलमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले स्टेसनरी सामान हस्तान्तरण कार्यक्रम आयोजना हुने भएको छ।
    लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल इलिटको सहकार्य तथा आशिष कृष्ण श्रेष्ठको सौजन्यमा सम्पन भएको छ ।
    विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सामाजिक सेवामार्फत शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ पि का पूर्व गर्भनर अर्जुनमान शैजु, स्टार्सका पूर्व अध्यक्ष रिन्कु लिगल , जोनचेयर्पन अरुण ज्ञवाली , लायन्स इलिटका अध्यक्ष सुवास अर्याल र प्रध्यानाध्यापक शान्ता शर्मा को रोहवरमा विद्यार्थीलाई पाठ्य पुस्तक, कापी, कलम, खेलकुदका सामग्री,बालकथा सहितका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथी समेत रहेका पूर्व गर्भनर शैजुले कार्यक्रमको शुभारम्भ गर्दै लायन्सले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । यसप्रकारका स्टेसनरी सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने उनले बताए ।
    उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
    कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य, विद्यालय परिवार तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहने थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation