बर्दघाट,१७ असोज । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरूमा भेरीगङ्गा नगरपालिका–३ जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका–३ बाँकेका ३२ वर्षीय दीपेन्द्र केसी, स्वामीकार्तिक खापर गाउँपालिका बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका–१० बाँके का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ बाँकेका २२ वर्षीय कृष कनौजिया रहेका छन्।प्रहरीका अनुसार दुर्घटनामा ज्यान एका एक पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दियो ।












