काठमाडौँ,१६ असोज। अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू० को १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन् । १८३ देशका सभामुख उपस्थिति रहने आईपीयू सम्मेलन तान्जानियाको अरुशामा असोज १९ गतेदेखि २३ सम्म सञ्चालन हुँदैछ ।सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ९आज शुक्रबार० भेटेर यस विषयमा जानकारी गराएका थिए।












