पूर्व राष्ट्रपती भण्डारी रुपन्देहीमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत

  • बुटवल,१३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गर्नुभएको छ ।
    मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आउनुभएकी भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नुभएको हो ।
    एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उहाँ पहिलोपटक रुपन्देही आउनुभएको हो । यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले भण्डारीको स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो ।
    कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागिता थियो । भण्डारीलाई स्वागत गर्दै नेताहरूले पार्टीको वरिष्ठ नेताका रूपमा उहाँको भूमिकाको स्वागत गरेका थिए ।
    भण्डारीले बुटवलमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा नेपालका विभिन्न टोलीसँगै विदेशी टोलीको समेत सहभागिता रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation