बुटवल,११ असोज । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र छिमेकीको घर बगाएको हो ।बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्याएको छ । बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बुटवल-११ का वडा सदस्य युवराज रानाले जानकारी दिनुभयो ।












