नेपाली कांग्रेसको १५औँ महाधिवेशन रुपन्देही क्षेत्र नं. २ बाट विजय कुमार बर्णवालको उम्मेदवारी घोषणा

  • बुटवल १० असोज। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्र्तगत रुपन्देही क्षेत्र नं. २ बाट विजय कुमार बर्णवालले खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
    बर्णवालको प्रचार सामग्रीमा उनले “सबैको साथ, सबैको विकास” भन्ने नारासहित राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई अघि सारेका छन्। प्रचार सामग्रीमा सामाजिक तथा संस्थागत क्षेत्रमा आफ्नो लामो अनुभव रहेको उल्लेख गरिएको छ।
    उम्मेदवार बर्णवाल सामाजी क्षेत्रमा समेत सक्रिय छन लायन्स क्लब अफ बुटवल स्टार्सका पूर्वअध्यक्षका रूपमा काम गरेको, बुटवल जेसिजको पूर्व कार्यकारिणी उपाध्यक्ष, बुटवल उपमहानगरपालिकाका सामुदायिक मेलमिलापकर्ता तथा नेपाली काग्रेसपूर्व नगर सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेसेका छन । त्यस्तै, लायन्स डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट डेपुटी सेक्रेटरी, विश्व हिन्दु महासंघ रुपन्देहीका आजीवन सदस्य तथा व्यवसायिक क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेको छ।
    बर्णवालले आफ्नो उम्मेदवारीमार्फत सामाजिक समावेशिता, संस्थागत अनुभव र क्षेत्रको प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको बताएका छन्। रुपन्देही क्षेत्र नं। २ बाट उनको उम्मेदवारीसँगै आगामी महाधिवेशन प्रतिनिधि चयनलाई लिएर स्थानीय कांग्रेस वृत्तमा राजनीतिक गतिविधि थप बढ्ने देखिएको छ।
    नेपाली कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गते गर्ने कार्यतालिका छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation