आज कांग्रेसका क्षेत्रीय अधिवेशन देशभर अधिकांश निर्वाचन क्षेत्रमा हुँदै

  • काठमाडौं, १० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुदै छ।
    अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका छ । मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै ९शनिबार० र बाँकी ठाउँमा सोमबारसम्म अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालको भनाइ छ ।
    उनले क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको पनि बताए ।
    संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।
    कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने नगर्ने भएको छ । केन्द्रीय महाधिवेशन १६–१९ असोजमा आयोजना गरिने कांग्रेसको कार्यतालिका रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation