भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन लायन्स क्लबको संयुक्त कार्यक्रम

  • भैरहवा,८ असोज । भैरहवास्थित टाइगर प्यालेसरि सोर्टमा लायन्स डिस्ट्रिक्ट ३२१ ई भारत अन्तर्गतका लायन्स क्लब अफ वाराणसी अर्जुन र लायन्स क्लब अफ वाराणसी पर्लको संयुक्त पदस्थापना (Joint Installation) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
    कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधन प्रमुख अतिथि को रूपमा रहनुभएको थियो भने पूर्व डिस्ट्रिक्ट गभर्नर PDG बलबीर सिंह बग्गा र पूर्व डिस्ट्रिक्ट गभर्नर PDG एस.पी. पाण्डे विशिष्ट अतिथि (Guest of Honor) को रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम लायन्स क्लब अफ वाराणसी अर्जुनका अध्यक्ष अनुज दिडवानिया र लायन्स क्लब अफ वाराणसी पर्लकी अध्यक्ष प्रतिमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो। नेपालमा आयोजित यो विशेष समारोहले दुई छिमेकी मुलुक नेपाल र भारतबीच रहँदै आएको सदियौँ पुरानो आत्मीय सम्बन्धलाई अझ प्रगाढ हुने र भौगोलिक निकटता मात्र नभई नेपाल र भारतबीच अनादिकालदेखि कायम रहेको ऐतिहासिक रोटी-बेटीको सम्बन्ध साझा महान् संस्कृति, र उच्च संस्कारलाई यस प्रकारका अन्तर्राष्ट्रिय सामाजिक गतिविधिहरूले थप उचाइ र जीवन्तता प्रदान गर्ने ब्यतm गरे।
    समारोहमा दुवै देशका लायन्स प्रतिनिधिहरूले आपसी समझदारी, संयुक्त समाजसेवा का कार्यक्रमहरू मार्फत आगामी दिनहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशको समृद्ध सांस्कृतिक धरोहर र एक-अर्काप्रतिको अगाध सम्मानलाई आत्मसात् गर्दै अघि बढ्ने यो ऐक्यबद्धताले नेपाल र भारतका नागरिकबीचको भातृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।
    भारत-नेपाल सीमामा गुन्जियो मैत्रीको आवाज, सेवाको लागि लिइयो संकल्प
    भारत-नेपालको रोटी-बेटीको सम्बन्धलाई सेवाको माध्यमबाट मजबुत बनाउने सन्देश दिँदै लायन्स क्लब वाराणसी अर्जुन र लायन्स क्लब वाराणसी पर्लको पदस्थापना समारोह (Installation Ceremony) भैरहवास्थित टाइगर रिसोर्टमा सम्पन्न भयो। समारोहमा फ्रेन्डसिप बियोन्ड बोर्डर्सु (Friendship Beyond Borders) अन्तर्गत दुवै देशका क्लबहरूको संयुक्त सेवा आयोजना, तालिम र युवा आदान-प्रदानमा सहमति बन्यो। प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ पी नेपाल का गभर्नर ्सन्दीप कसौधनले भारतका लायन्सहरू नेपालमा आएर पदस्थापना गर्नुले सेवाको सीमाहीन भावनालाई दर्शाउने बताउनुभयो।
    नवनिर्वाचित अध्यक्ष अनुज डिडवानिया (अर्जुन) र प्रतिमा सिंह (पर्ल) ले नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपद्का घटनाप्रति संवेदना व्यक्त गर्दै विपद्का समयमा मानवीय सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
    दुवै क्लबका पदाधिकारीहरूले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा सीमापार सहकार्यलाई प्राथमिकता दिने बताउनु भयो । संयुक्त कार्यक्रमले भारत–नेपालबीचको सामाजिक सम्बन्ध र लायन्सको अन्तर्राष्ट्रिय सेवा भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छघोषणा गर्नुभयो। इन्स्टालिङ अफिसर पीडीजी बलबीर सिंह बग्गा, इन्डक्सन अफिसर पीडीजी एस.पी पाण्डे, एमओसी (MOC) अतुल सेठ र संयोजक अशोक वर्मा उपस्थित हुनुहुन्थ्यो। अर्जुनका सचिव अनूप सिंह, कोषाध्यक्ष यश सहगल तथा पर्लकी सचिव श्रुति वर्मा र कोषाध्यक्ष वीणा मेहरोत्राले पदभार सम्हाल्नुभयो। समारोहमा दुवै देशका लायन्स सदस्यहरूले सेवाको शपथ लिनुभको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation