भोटेकोशी बाढीपीडितका लागि लायन्स PDG Spouse हरूको ५१ हजार सहयोग

  • बुटवल,२५ भदौ । “जहाँ दुःख छ, त्यहाँ Lions पुग्छ” भन्ने मूल भावनालाई आत्मसात् गर्दै भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि लायन्स डिस्ट्रिक्ट ३२५ पिको राहत कोषमा रु. ५१ हजार सहयोग हस्तान्तरण गरिएको छ।
    Honorary Chairperson, District Governor Spouse Neha Gupta Kasaudhan लगायत सम्पूर्ण PDG Spouse हरूको संयुक्त पहलमा संकलित रु. ५१ हजार रकम लायन्स डिस्ट्रिक्ट ३२५ पि का गभर्नर सन्दीप कसोधनलाई हस्तान्तरण गरिएको हो।
    प्राकृतिक विपत्तिको कठिन घडीमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले गरिएको यस सहयोगले मानवीय सेवाप्रतिको लायन्सको प्रतिबद्धतालाई थप उजागर गरेको छ।
    राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोगको हात बढाउनुहुने सम्पूर्ण PDG Spouse हरूप्रति आयोजक पक्षले हार्दिक आभार व्यक्त गरेको छ। साथै, यस पुण्य कार्यका लागि प्रेरणा तथा मार्गदर्शन प्रदान गर्नुहुने आदरणीय District Governor प्रति समेत धन्यवाद व्यक्त गरिएको छ।
    लायन्सको “We Serve” भन्ने सेवामूलक भावनाअनुसार विपद्मा परेका नागरिकको साथमा उभिँदै आगामी दिनमा समेत मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation