काठमाडौ,१४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।












