किसान

  • बिहान पाखा झुल्किदा घाम खेतको छाँयालाई भेटौला जेठमा हामी बिउ छरी खेतको आलीमै छोपौला ।

    सिमसिमे पानी झर्को नमानी खेतमा गएर गोडौँला घाम र पानी, न्यानो मौसम मानी हामी कोदाली छोपौला

    असाढ, साउन पानी परे खेती मेलो हलोले जोतौला घाम र पानी, भोक र तिर्खा भुली छुपु र छुपु हिलोमा रोपौला

    वृक्षको हांगा, डाडा र पाखा खेतमा मल छरी पानीलाई समाउला हारियो दृश्य, सुन्दर मौसम देखेंर रमाउला ।

    धानको बाली फूलेको दृश्य दुःख र पीडालाई भुलेर सुन र मोती झैँ बाली समाइ हामी सबै खेतमा रमाउला ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation