मन्त्रालय पुनर्संरचना पछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर

  • काठमाडौँ,३१ बैशाख । सरकारले मन्त्रालयहरूको संख्या घटाएर पुनर्संरचना गरेपछि मन्त्रीहरूको कार्यविभाजन पुनः हेरफेर गरिएको छ ।
    पुनर्संरचनापछि बाँडफाँट गरिएको जिम्मेवारीअनुसार कतिपय मन्त्रालय यथावत रहने भएका छन् भने केही नयाँ संरचना तयार गरिएको छ । खारेज वा गाभिएका मन्त्रालय बाहेकका जिम्मेवारी पहिलेका मन्त्रीहरूकै मातहत रहने व्यवस्था गरिएको छ ।
    नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैँले सम्हालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि क्षेत्र अलग गरी उक्त नयाँ मन्त्रालय स्थापना गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation