पार्टीको अवस्थाबारे डा.शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

  • काठमाडौँ, १३ बैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । आइतबार कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बुद्धिजीवीहरूसँग छलफल भएको हो ।
    छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा.दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा.बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा।उद्धव प्याकुरेल, जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी रहेका थिए ।दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको उक्त छलफलमा डा.शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल समेतको उपस्थिति रहेको जनाइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation