काठमाडौँ,३ बैशाख। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न निर्देशन दिएको छ।खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो । निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन, आदेशमा भनिएको छ, निजको पक्राउ पुर्जी र म्याद थप कानुनसंगत देखिँदैन ,विदेश जान भने उनले सम्बन्धित अदालतबाट अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकोले संक्षिप्त आदेश जारी गरिदिएको पनि सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।












