काठमाडौँ,३ बैशाख । सरकारले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बृद्धि गरेको छ भने पेट्रोलको मूल्य भने यथावत राेखेको छ। बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। 
मूल्य बढेसँगै अब डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गका लागि २३४.५०, दोस्रोका लागि २३६ र तेस्रो वर्गका लागि २३७ पुगेको छ। मूल्य समायोजन भए पनि अझै डिजेलमा ९९.१६ रूपैयाँ घाटा रहेको निगमले जनाएको छ।
यस्तै हवाई इन्धन पनि आन्तरिकतर्फ रू. पाँचले बृद्धि भएको छ। मूल्य बृद्धि भएसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर रू. २५६ पुगेको छ। पेट्रोल भने यसअघिकै २१६.५० रूपैयाँ नै कायम रहेको छ।












