काठमाडौ,२५ चैत । टिचिङ्ग अस्पतालका महाराजगञ्ज काठमाडौलाई सिलिए मेसिन हस्तारण गरेको छ ।
लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ काठमाडौ पिस गौतमबुद्ध को सयुक्त आयोजनामा बुधबार एक कार्यक्रको आयोजना गरि सिलिए मेसिन लायन्स इन्टरनेशनल डिष्ट्कि ३२५ पि का गर्भनर बालाराम भट्टराईले सामाजिक क्षेत्रमा क्लवले महत्पूर्ण कार्यक्रम गर्दै आएको बताउनुभएको थियो। उहाँले सबैको सहकार्यले गर्दा नै समाज परिर्वतनमा लायन्स सामाजिक क्लबहरुले मुख्य भूमिका खेलेको बताउनुभएको थियो ।कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि का फस्ट भिडिजी संन्दिप कसौधन ,द्धितिय गर्भनर मिना पन्थीले स्वास्थ्य सेवामा थप टेवा पुर्याउने र जसले बिरामीहरूको परीक्षण प्रक्रियालाई अझ प्रभावकारी र सहज बनाउने विश्वास लिइएको बताउनुभयो।
कार्यक्रम एरिया १ का सचिव सगुन ढाख्वाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा काठमाडौं पीस गौतम बुद्ध क्लबका सदस्यहरू, प्राविधिक टोली तथा शिक्षण अस्पतालका चिकित्सकहरूको समेत सक्रिय सहभागिता रहेको स्टार्सका सहसचिव छविन्द्र भट्टराईले जानकारी दिनुभयो ।उपकरणले हर्मोन, भाइरस, मार्करहरू पत्ता लगाउँछन् र परिमाण निर्धारण गर्छ लगाएत ल्याभ सम्बन्धी सम्पूर्ण काम गर्न मिल्ने १ वटा मेसिन करिव ४० लाख हस्तारण गरिएको संयोजक मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।













